बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्पर्कविहीन भएका कोरोना संक्रमित ३८ घण्टापछि भेटिए

सम्पर्कविहीन भएका कोरोना संक्रमित ३८ घण्टापछि भेटिए

मंगलबार रातिदेखि सम्पर्कविहीन भएका एक कोरोना संक्रमित ३८ घण्टापछि भेटिएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

विराटनगर- मंगलबार रातिदेखि सम्पर्कविहीन भएका एक कोरोना संक्रमित ३८ घण्टापछि भेटिएका छन्।

विराटनगरका ६५ वर्षीय संक्रमितलाई प्रहरी टोलीले बुधबार रातिदेखि खोजी सुरु गरेको थियो। उनी ३८ घण्टापछि भेटिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।

उनी विराट नर्सिङ होम र विराटनगर अस्पतालका वरिष्ठ चिकित्सक भएको बताइएको छ। केही समयअघि उनको स्वाव संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालमा पठाएको थियो।

स्वाब संकलन गर्ने क्रममा उनको पुरै ठेगाना नलेखेर विराटनगर मात्रै उल्लेख गरिएको थयो।

नमुना संकलनका क्रममा पुरा विवरण उल्लेख नगरिएकाले अस्पताल कारबाहीको भागिदार बन्ने प्रदेश १ प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए।

प्रकाशित: Jul 23, 2020| 14:14 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।