बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथामका लागि विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

कोरोना रोकथामका लागि विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना र बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस र बाढीले पुर्‍याएकाे क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

बालुवाटारमा बिहीबार बिहान भएको भेटमा देउवाले कोरोना रोकथामका लागि विशेष रणनीति निर्माण गर्न ओलीलार्ई सुझावसमेत दिएका छन्।

कोरोना जोखिम कायमै रहँदा एक सय २० दिन लामो लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्नुपर्ने सुझाव देउवाकाे छ।

लकडाउन भए पनि संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४३ जनाको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछि जोखिम थप बढ्ने देउवाले बताए।

कोरोनाको परीक्षण पीसीआर विधिबाट मात्रै गर्न पनि देउवाले सुझाव दिए। क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा देउवाले आपत्ति प्रकट गरे।

कोरोनाबाट सिर्जित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज माग गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि देउवाले ओलीको ध्यानाकर्षण गराए।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिव्रता दिन पनि देउवाले सुझाव दिएका छन्।

बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौँको मृत्यु, कयौँ बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्ने देउवाले औँल्याएका छन्।

प्रकाशित: Jul 23, 2020| 13:51 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।