बुधबार, भदौ १०, २०८३

प्रहरी जवानकाे हत्या आरोपमा तीन जना पक्राउ

सशस्त्र प्रहरी बलका जवान मनोहरकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहामा तीन जना पक्राउ परेका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– सशस्त्र प्रहरी बलका जवान मनोहरकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहामा तीन जना पक्राउ परेका छन्।

सिरहा नगरपालिका–१४ खिरौनास्थित खोलामा गत असार १६ गते यादवको शव भेटिएको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिरहा नगरपालिका–३ का २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय दीपेशकुमार यादव र २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको हो।

प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।

महोत्तरी सोनमा गाउँपालिका–३ घर भएका जवान यादवलाई नहरमा डुबाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सिरहा प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरेका अनुसार बोर्डर आउट पोस्ट माडर सिरहामा कार्यरत यादव बिदामा थिए। उनी सिरहा नगरपालिका–३ मखनाहाका बिन्दी यादवकी छोरीको बिहेमा गएका थिए।

यादवको सोही ठाउँकी एक युवतीसँग प्रेम सम्बन्ध रहेको र उक्त कुरा ती युवालाई मन नपरेपछि हत्या गरेको खुलेको छ।
त्यही कुरा निकालेर यादवसँग युवाले विवाद गरेपछि उनीमाथि हातपात भएको थियो।

युवा समूहले चोर–चोर भन्दै करिब तीन किलोमिटरसम्म यादवलाई लखेटेका थिए। यादवलाई समातेर नहरको पानीमा डुबाएर हत्या गरेको खुलेको छ।

घटनामा संलग्न अन्य दुई युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 23, 2020| 13:26 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।