बुधबार, भदौ १०, २०८३

किर्ते गरी अर्काको जग्गा बिक्री गर्ने पक्राउ

सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन्। 
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं- सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन्। 

उच्च अदालत पाटनले २०७० चैत १७ मा दुई वर्ष कैद र साढे ३७ लाख जरिवानाको फैसला सुनाएका ललितपुर महांकाल–२ का ४३ वर्षीय हरिशरण महतलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले महतलाई सातदोबाटोमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

महतले लोप्साङ लामा र उनकी पत्नी च्युङ्ताङ् लामाका नाममा रहेको साबिक काठमाडौं सीतापाइला–९, हाल नागार्जुन–५ स्थित दुई रोपनी जग्गा मालपोत कार्यालय कलंकीका खरिदार भीमबहादुर राईसँग मिलेर अर्कैको नामाम पास गरेका थिए।

महतले काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोक फुल्पिङ्कट्टीका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराएका थिए।

उक्त जग्गा महतले पोखराका प्रवीणमान श्रेष्ठलाई २०६४ चैत २४ गते ७५ लाखमा बेचेका थिए।
खरिदार राई २०७४ जेठ २२ गते पक्राउ परेका थिए।  महतलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ।

 

प्रकाशित: Jul 23, 2020| 13:06 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।