बुधबार, चैत ११, २०८२

कार्यदल गठनपछि निजी विद्यालयमा अनलाइन कक्षा सुरु

निजी विद्यालयले अनलाइन पठनपाठनलाई बिहीबारदेखि निरन्तरता दिएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– निजी विद्यालयले अनलाइन पठनपाठनलाई बिहीबारदेखि निरन्तरता दिएका छन्।

National life

प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विभिन्न माग राखेर अनलाइन पठनपाठन स्थगित गरेका थिए। शुल्क उठाउनु पाउनुपर्ने, सरकारले निजी विद्यालयका लागि सहुलियत दिनुपर्ने लगायतका माग राखेर निजी विद्यालयका सञ्चालकले पठनपाठन अवरुद्ध गरेका थिए।

सरकार, अभिभावक, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि सम्मिलित कार्यदल गठन भएपछि अनलाइनमा पठनपाठन गर्ने सहमति भएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए। कार्यदलले निजी विद्यालयका विद्यमान समस्या समाधानका उपाय पहिचान गर्नेछ।

सरकारले निजी विद्यालयलाई लकडाउन अवधिमा एक महिनाको मासिक शुल्क (ट्युसन फी) नलिन निर्देशन दिएको छ। निजी विद्यालयले वैशाखयताको मासिक शुल्क भने उठाउन पाउनेछन्।

अनलाइन पठनपाठन सहरी क्षेत्रमा मात्रै सीमित छ। प्रविधिको सहज पहुँच नभएकाले अनलाइन पठनपाठनमा कठिनाइ भएको कतिपय अभिभावकको गुनासो छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 23, 2020| 11:57 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्