बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्नी हत्यामा संलग्न पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त

पत्नी हत्यामा संलग्न पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त

पत्नी हत्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त भएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं- पत्नी हत्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइराला आज (बिहीबार) जेलमुक्त भएका छन्।

पत्नी गीताको हत्या गरेको पुष्टि भए पनि सर्वोच्च अदालतले कोइरालाको सजाय घटाइदिएपछि उनी बिहीबार जेलमुक्त भएका हुन् ।

२०६८ माघ ८ गते पक्राउ परेपछि थुनामा रहँदै आएका उनको बिहीबार आठ वर्ष ६ महीना कैद पूरा भएको छ।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले अदालतको पत्र अनुसार कोइरालालाई जेलमुक्त गर्न प्रहरीलाई पत्र पठाइसकेको जानकारी दिए।

डिल्लीबजार कारागार सुरक्षा कार्यालयले कोइराला भर्खरै जेल मुक्त भएको जनाएको छ।

कोइरालाले २०६८ पुस २७ गते पत्नी गीता ढकालको बुढानिलकण्ठमा हत्या गरी शव मकवानपुरको जंगलमा लगेर जलाएका थिए।

काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले काइरालालाई सर्वश्वसहित जन्मकदैको सजाय तोकेका थिए।

त्यसविरुद्ध सर्वोच्च अदालत गएका कोइरालालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाएर साढे ८ वर्ष झार्ने निर्णय गरेको थियो।

 

प्रकाशित: Jul 23, 2020| 11:47 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।