सुनको मूल्य आज (बिहीबार) अहिलेसम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ तोकेको छ। नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै धेरै हो।
हिजो बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। अस्ति मंगलबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।