बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा ११ सयको मृत्यु, ४५ हजार संक्रमित थपिए

भारतमा कोरोनाबाट एकै दिनमा ११ सयको मृत्यु, ४५ हजार संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसले भारतमा डरलाग्दो रुप लिएको छ । संक्रमितको संख्या दिनहुँ बढ्नुका साथै मृतकको संख्या पनि ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।

भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि जुलाई १९ अर्थात साउन ४ गते ४० हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्लो समय हरेक दिन ३५ हजारदेखि ४५ हजारसम्म संक्रमित थपिदै आएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । दिनहुँ ५ देखि ६ सयको मृत्यु हुने गरिकोमा बुधबार एकै दिनमा १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।

भारतमा यति ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो दोस्रो पटक हो । यसअघि जुन १६ अर्थात असार २ गते २ हजार ६ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढि प्रभावित भएको छ । जहाँ ३ लाख ३७ हजार ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १२ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ ।

यस्तै दोस्रो प्रभावित तमिलनाडुमा १ लाख ८६ हजार ४ सयभन्दा बढिमा संक्रमित भएका छन् भने ३ हजार १ सय ४४ जनाको मृत्यु भएको छ ।

राजधानी दिल्लीमा १ लाख २६ हजार ३ सयमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 23, 2020| 09:29 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।