बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट वीरगन्जमा थप एक पुरुषको मृत्यु, मृत्युपछि बल्ल आयो रिपोर्ट

कोरोनाबाट वीरगन्जमा थप एक पुरुषको मृत्यु, मृत्युपछि बल्ल आयो रिपोर्ट

पर्साको वीरगञ्जमा फेरि एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

वीरगन्ज- पर्साको वीरगन्जमा फेरि एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

पर्सा माईस्थानका ७० वर्षीय पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो। ती व्यक्ति श्वासप्रश्वासमा समस्या देखापरेपछि साउन ५ गते एडभान्स अस्पतालमा भर्ना भएका थिए।

समस्या बढ्दै गएपछि ६ गते मंगलबार नारायणी अस्पताल ल्याइएको थियो। उनको सोही दिन बेलुका मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍‍. मदनकुमार उपाध्यायले नेपाल समयलाई जानकारी दिए।

मृतक पुरुषको मृत्यु भएपछि मात्रै कोरोना परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आइएको थियो। यसअघि वीरगन्जमै असार ३१ गते एक ३६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। 

प्रकाशित: Jul 23, 2020| 09:10 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।