बुधबार, भदौ १०, २०८३

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

जल तथा मौसम विज्ञान विभागले अधिक वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने भन्दै सतर्क रहन आग्रह गरेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा सडक तथा हवाई यातायातसमेत प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बाँकी क्षेत्रमा मौसम बदली रही हल्का तथा मध्यम वर्षा हुने विभागले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ८ गते (विहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश,  गण्डकी  प्रदेश र  प्रदेश ५ का एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन 9 गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १० गते (शुनिबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

राती : देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १ र  प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक-दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना  रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित: Jul 23, 2020| 08:25 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।