बुधबार, चैत ११, २०८२

त्रिवि इन्जिनियरिङको स्थगित परीक्षा भदौ दोस्रो सातादेखि

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको स्थगित परीक्षा भदौ पहिलो साताबाट सञ्चालन हुने भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको स्थगित परीक्षा भदौ पहिलो साताबाट सञ्चालन हुने भएको छ। कोरोना भाइरस संक्रमण जोखिमका कारण त्रिविले गत चैत ६ गतेदेखि परीक्षा स्थगित गरेको थियो।

National life

संस्थानका निमित्त डिन सुशीलबहादुर बज्राचार्यले बुधबार सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा भदौ ७ देखि र स्नातक तहको परीक्षा भदौ १५ गतेदेखि सञ्चालन हुने जनाएका हुन्।

संस्थानले परीक्षासम्बन्धी विस्तृत विवरण साउन १५ गतेभित्र प्रकाशित गरिने जनाएको छ।  परीक्षा सञ्चालन नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै सञ्चालन गरिने सूचनामा उल्लेख छ।

 

प्रकाशित: Jul 22, 2020| 19:20 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्