कैलाली- कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्ट घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले भट्टलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
सव-इन्जिनियर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपछि पनिसडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा गएको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
भट्टलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित धनगढी उप महानगरपालिका वडा नं. १ स्थित शान्ति वाटिका पार्क चोकबाट भट्टलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।