बुधबार, भदौ १०, २०८३

पशुपति सहकारीले बृहत् मर्जर अभियान सञ्चालन गर्ने

ललितपुरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले सहकारी–सहकारी बीच बृहत् एकीकरण अभियान संचालन गर्ने भएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

पशुपति सहकारीले बृहत् मर्जर अभियान सञ्चालन गर्ने

७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहत् एकीकरण अभियान संचालन गर्न लागेको हो ।

बृहत् एकीकरण अभियान संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमिटी समेत निर्माण गरेको छ । यही समितिमार्फत् एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ ।

संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पूरा गर्नका लागि बृहत् एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिए।

प्रकाशित: Jul 22, 2020| 18:06 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्