बुधबार, भदौ १०, २०८३

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य सामग्री खरिदमा अनियमिमता गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- स्वास्थ्य सामग्री खरिदमा अनियमिमता गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

‘इनफ इज इनफ’ का अभियान्ताहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिनको माग गरी बुधबार उजुरी दिएका हुन्।

स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसालविरुद्ध अभियन्ताहरुले आयोगमा उजुरी दिएका हुन्।

यस्तै उनीहरुले स्वास्थ्य सामग्री खरिदमा सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, तत्कालिन स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठ उपरसमेत छानबिनको माग गरेका छन्।

इनफ इज इनफका अभियान्ताहरुले स्वास्थ्य मन्त्रालयमा सूचनाको हक प्रयोग गरी कोभिड–१९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्चको विवरण माग गरेका थिए।

प्रकाशित: Jul 22, 2020| 17:56 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।