बुधबार, चैत ११, २०८२

११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने

कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने भएको छ।

National life

सरकारले असार तेस्रो साता यो वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले लिनुपर्ने निर्णय गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नेपाल समयसँग कुरा गर्दै भने, “यसअघि लिएको परीक्षा मान्य नहुने र नयाँ कार्यविधि अनुसार विद्यालयले परीक्षा लिनुपर्छ।”

कतिपय विद्यालयले लकडाउनकै समयमा अनलाइनमार्फत आन्तरिक परीक्षा लिएका थिए। अनलाइनबाट लिइएका र यसअघि भएका आन्तरिक परीक्षालाई वार्षिक परीक्षाको रुपमा मान्यता नदिइने अध्यक्ष पौडेलले जानकारी दिए।

परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा असोजमा गर्ने तयारी गरिरहेको छ। अध्यक्ष पौडेलले भने, “अवस्था सामान्य रह्यो भने मात्रै असोजमा सञ्चालन गर्न सकिन्छ।”

Laxmi sunrise bank
kumari

त्यस्तै, परीक्षा बोर्ड कक्षा १० को नतिजा प्रकाशनको पनि तयारीमा जुटेको छ। यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा प्रकाशन हुनेछ।

बोर्डले यसअघि साउन दोस्रो साताभित्र एसईईको नतिजा निकाल्ने तयारी गरेको थियो। मुलुकका विभिन्न ठाउँमा आएको बाढीपहिरोका कारण विद्यालयले प्राप्तांक बुझाउन ढिलाइ गरेकाले नतिजा प्रकाशन केही दिन धकेलिने पौडेलले बताए। बोर्डमा उपलब्ध प्राप्तांक भने रुजु गर्ने काम भइरहेको छ।

पढ्नुस्:

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

 

प्रकाशित: Jul 22, 2020| 17:59 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्