बुधबार, भदौ १०, २०८३

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा थपिएका १०० जना कोरोना संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नं. २ को बारामा जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थपिएका १०० जना कोरोना संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नं. २ को बारामा जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोटी र लमजुङका ७/७ जना थपिएका छन्।

कालिकोट र पर्सामा ६/६ जना थपिएका छन् भने धनुषामा ५ जना तथा सुनसरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी मोरङ, स्याङजा, बारा, ताप्लेजुङ, काठमाडौं, सर्लाही, बाँके र बाग्लुङका ३/३ जना थपिएका छन्।

बर्दिया र सल्यानमा २/२ जना थपिँदा झापा, चितवन र बझाङमा १/१ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित: Jul 22, 2020| 17:20 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।