बुधबार, भदौ १०, २०८३

लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा

कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा मारेको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

कैलाली– कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा मारेको छ।

गत आर्थिक वर्षको मिति राखेर नगरपालिकाका कर्मचारीले आवास गृहमै चेक काटेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नगरपालिकामा छापा मारेको हो।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी हरिश जोशीले आर्थिक वर्ष सकिए पनि पुरानो मिति राखेर चेक काटिरहेको उजुरी आएपछि छापा मारेर केही योजनाका फाइलको फोटोकपी गरेर लिएको बताए।

उनका अनुसार उजुरीमा हातले लेखेर चेक काटेको भनिए पनि छापा मार्दा त्यस्तो चेक भेटिएको छैन। यसबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए।

अख्तियारले लम्कीचुहा नगरपालिकाको वडा नम्बर २ को वडा कार्यालयको घेरापर्खाल, अमरपुर खेलमैदान डम्मरिया खानेपानी योजनाको फाइलको फोटोकपी लगेर गएको बताइएको छ।

प्रकाशित: Jul 22, 2020| 17:00 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।