बुधबार, भदौ १०, २०८३

गृहजिल्लामा मन्त्री अर्यालले गरिन् राहत वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मानकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गरेकी छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मानकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गरेकी छन्।

श्रद्धाञ्जलीसभा कार्यक्रममा गत असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई राहत वितरण गरिएको हो ।

पहिरोमा पुरिएर मृत्यु भएका कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे निवासी इमानसिंह राना, गिमानसिंह थापा, टिकाबहादुर थापा, प्रेमचन्द्र पाण्डेलाई नगद सहित खाद्यान्न, कम्बल, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको हो । त्यस अवसरमा पहिरोमा परी घाइते भएका घाइतेहरु होमनाथ पाण्डे, बिरबहादुर रानालाई पनि राहत वितरण गरिएको थियो ।

त्यस अवसरमा संघीय सरकारका तर्फबाट १ लाख र प्रदेश सरकारबाट ५० हजार र स्थानीय सरकारका तर्फबाट ३० हजार रुपैयाँ सहयोग मृतकका परिवारलाई नगद सहयोग गरिएको थियो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्वारा राहत हस्तान्तरण गरिएको थियो ।

प्रकाशित: Jul 22, 2020| 17:16 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।