बुधबार, भदौ १०, २०८३

प्रदेश १ का २१ स्थानमा हात धुने ठाउँ राखिने

विराटनगर– प्रदेश १ का २१ स्थानमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने भएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

विराटनगर– प्रदेश १ का २१ स्थानमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने भएको छ ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र युनिसेफसँगको सहकार्यमा मानव अधिकार तथा वातावरण मञ्च –फरेन) विराटनगरले ९ वटा स्थानीय तहका २१ स्थानमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने भएको हो ।

मोरंगको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई र सुनवर्षी नगरपालिका, बुढीगंगा, धनपालथान, कानेपोखरी गाउँपालिका र सुनसरीको इनरुवा र दुहवी नगरपालिकामा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । उनका अनुसार विद्यालयमा क्वारेन्टाईन रहेका स्थान र होल्डिङ एरियामा पहिलो चरणमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने छ ।

विराटनगर रानीमा नमूनाका रुपमा ह्याण्ड वास स्टेशन राखिसकिएको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई लक्षित गरि ह्याण्ड वास स्टेशन सँगै पिउने पानीको वोटल पनि वितरण गर्ने गरिएको अध्यक्ष शर्माले बताए ।

प्रकाशित: Jul 22, 2020| 17:17 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।