बुधबार, भदौ १०, २०८३

मास्क प्रयोग नगर्नेबाट एक लाख राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा एक लाख राजस्व संकलन गरेको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

सुर्खेत– जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा एक लाख राजस्व संकलन गरेको छ।

कार्यालयले दुई सातामा एक हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति एक सय रुपैयाँका दरले एक लाख पाँच हजार नौ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

कोभिड १९– को संक्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई एक सय रुपैयाँ जरिबाना गर्न निर्देशन दिएको थियो।

सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिबाना असूल गरेको हो। सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए। -रासस

 

प्रकाशित: Jul 22, 2020| 17:20 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्