बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका सक्रिय संक्रमितको संख्या ५,३७०, निको हुने ७०.१ प्रतिशत

कोरोनाका सक्रिय संक्रमितको संख्या ५,३७०, निको हुने ७०.१ प्रतिशत

नेपालमा बुधबारसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या पाँच हजार ३७० रहेको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- नेपालमा बुधबारसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या पाँच हजार ३७० रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म १२ हजार ६८४ जना निको भएका छन्। यो कुल संक्रमितको ७०.१ प्रतिशत हो।

अहिले प्रदेश १ मा ११९ जना, प्रदेश २ मा एक हजार ८७८ जना, बागमती प्रदेशमा ४२० जना छन्। यस्तै गण्डकीमा ३८९ जना, प्रदेश ५ मा ३४५ जना, कर्णालीमा २९० जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ९२७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

अहिलेसम्म प्रदेश १ बाट ७५२, प्रदेश २ बाट दुई हजार ८३५ र बागमती प्रदेशबाट ४५६ जना कोरोना भाइरस मुक्त भएका छन्।

गण्डकी प्रदेशबाट अहिलेसम्म एक हजार २४, प्रदेश ५ बाट तीन हजार ८४८, कर्णालीबाट एक हजार ५६७ र सुदूरपश्चिम प्रदेशबाट दुई हजार २०२ जना कोरोनामुक्त भएको गौतमले बताए।

प्रकाशित: Jul 22, 2020| 16:34 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।