विराटनगर– प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या ८३५ पुगेको छ । बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ४, मोरङ र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरङको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा बुधबार ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए ।
प्रदेश १ मा बुधबार ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।