बुधबार, भदौ १०, २०८३

अपहरणको नाटक गरेर युवतीसँग होटेलमा

ऋण तिर्न नपरोस् भनेर अपहरणको नाटक गर्ने एक व्यक्ति होटलमा युवतीसँग फेला परेका छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- ऋण तिर्न नपरोस् भनेर अपहरणको नाटक गर्ने एक व्यक्ति होटलमा युवतीसँग फेला परेका छन्।

अपहरणको नाटक गरी परिवारसँग सम्पर्कविहीन भएका काठमाडौं महानगरपालिका–४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले होटेलमा युवतीसँग फेला पारेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले रेग्मीलाई काठमाडौं नयाँ बसपार्कस्थित एक होटलको कोठामा युवतीसँग फेला पारेको एसपी ईश्वर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार असार २४ गते बिहानदेखि घरबाट निस्केका रेग्मी सम्पर्कविहीन भएको र अपहरणको नाटक गरेको खुलेको छ।

प्रारम्भिक रुपमा बुझ्दा रेग्मीले जग्गाको कारोबार गर्ने भन्दै विभिन्न व्यक्तिसँग करोडौँ रुपैयाँ लिएको कार्कीले बताए।

‘अरूबाट लिएको रुपैयाँ तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको बुझिएको छ’ कार्कीले भने, ‘परिवारले अपरहणको उजुरी दिए पनि उनले नाटक गरेका रैछन्।’

अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरुपयोग भएकोले उनीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको कार्कीले जानकारी दिए।

प्रकाशित: Jul 22, 2020| 15:14 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।