अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले १ रुपैयाँमै नयाँ आईफोन एसई जित्न सकिने अफर ल्याएका छन् । यसमा भाग लिन ग्राहकले दराजमा IPHONERUPEE1 प्रोमोकोड लगाई आईफोन एसई १ रुपैयाँमा ईसेवा बाट भुक्तानी गरि अर्डर गर्नपर्ने हुन्छ।
अफर साउन ७ देखि १२ (जुलाई २२-२७) सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ (जुलाई ३१) मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ। विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन्।
यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ (जुलाई २७ - अगस्ट ३) सम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २०% (१००० रुपैयाँ सम्म) को छूट पाउनेछन्। ग्राहकहरूले दराज महाबचात बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।