बुधबार, भदौ १०, २०८३

मच्छिन्द्रनाथको रथयात्रा १० गतेदेखि

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा १० गतेदेखि सुरु हुने भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा १० गतेदेखि सुरु हुने भएको छ। मच्छिन्द्रनाथलाई सोही दिन रथारोहण गरी जात्रा सुरु गरिने गठी संस्थान ललितपुरले जनाएको छ।

रथ निर्माण भइसके पनि साइत नजुर्दा जात्रा सुरु हुन सकेको थिएन। यस्तै सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण जात्रामा रोक लगाएको थियो।

बाराही गुठीका नाइके दिलकुमार बाराहीले रथारोहणका लागि गुठी संस्थानबाट पत्र आएकाले भोलिदेखि रथमा बाँकी रहेका काम थालिने जानकारी दिए।

उनका अनुसार रथमा सुन लगाएका ढोका, ध्वजाहरू र रथ तान्ने काठ जडान गर्न बाँकी छ। जात्रा सुरु भएपछि अन्य प्रक्रिया विगतमा जस्तै हुने गुठी संस्थानले जनाएको छ।

प्रकाशित: Jul 22, 2020| 13:33 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।