विदेशबाट आएकाहरु मापदण्ड पूरा गरी होम क्वारेन्टिनमा बस्न पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम क्वारेन्टिनसम्बन्धी मापदण्ड २०७७ जारी गर्दै विदेशबाट आउनेहरु १४ दिन घरमा नै क्वारेन्टिनमा बस्न पाउने व्यवस्था गरेको हो ।
यसअघि विदेशबाट आएकालाई सरकारले नै क्वारेन्टिनको व्यवस्था मिलाएको थियो। हाल जारी मापदण्ड अनुसार तोकिएको मापदण्ड पूरा गर्नेगरी होम क्वारेन्टिनमा बस्न अनुरोध गरेमा सम्बन्धित अधिकारीले स्थानीय सहमति र प्रत्यक्ष निगरानीमा रहनेगरी १४ दिन क्वारेन्टिनमा बस्न अनुमति दिन सकिने उल्लेख गरिएको छ ।
होम क्वारेन्टिनको व्यवस्थाले सहज हुने भएकाले मापदण्ड पूरा गरी सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
यस्तो छ मापदण्ड