बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनामुक्त भएका कांग्रेस नेता शाहीको गुनासो– मिडियाले नामै तोकेर समाचार लेख्दा नमज्जा लाग्यो

कोरोनामुक्त भएका कांग्रेस नेता शाहीको गुनासो– मिडियाले नामै तोकेर समाचार लेख्दा नमज्जा लाग्यो

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कोरोना संक्रमणबाट मुक्त भएका छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कोरोना संक्रमणबाट मुक्त भएका छन्।

सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

त्यसपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उनी आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए।

नेता शाहीको आरटी पिसिआर परीक्षण गर्दा मङ्गलबार रिपोर्ट नेगेटिभ आएको हो । “उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,” निर्देशक डा खड्काले भने, “अब उहाँ सामान्य जीवनमा जान सक्नुहुन्छ ।”

नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा शुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफूले सामान्य बनाएको बताए। मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमजा लागेको अनुभूति उनले सुनाए।

यस्ता विषयमा मिडिया संवेदनशील हुनुपर्ने उनको सुझाव थियो । “मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,” रासससँगको कुराकानीमा नेता शाहीले भने, “ मायाममताको बढी खाँचो पनि त्यत्तिकै हुँदो रहेछ ।” कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उनले भने, “आत्मबल कमजोर नै बनाइएन । घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो । रोग त आफैं च्वाट भयो ।”

नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गरे। सो अवधिमा आफ्नो स्वास्थ्यका बारेमा चिन्ता गर्ने तथा विभिन्न माध्यमबाट शुभलाभ प्रकट गर्ने सबै शुभेच्छुकप्रति उनले कृतज्ञता व्यक्त गरे।

प्रकाशित: Jul 22, 2020| 13:07 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।