बाजुराको बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष राजेशकुमार सिंहको मृत्यु भएको छ।
६८ वर्षीय वडाध्यक्ष सिंहको बुधबार बिहान मृत्यु भएको हो। नुहाएर आएपछि घरमा पूजा गर्ने लागेका बेला एक्कासि बेहोस भएका सिंहको बुधबार बिहान मृत्यु भएको खबर आएको प्रहरीले जनाएको छ।
सिंह नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।