काठमाडौं- पर्साको बहादुरमाई नगरपालिकाबाट प्रहरीले अवैधरुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ।
बुधबार बिहान ४ बजे प्रहरीले बहादुरमाई नगरपालिका–७, बहुअर्वा भठ्ठाका प्रभु साह कलवारले अवैध रूपमा उत्पादन गर्ने दुई वटा घरेलु मदिरा भट्टी नष्ट गरेको हो।
भट्टीमा दुई सय लिटर तयारी मदिरा र साढे तीन हजार लिटर कच्चा पदार्थ नष्ट गरेको प्रहरीले जनाएको छ।
मदिरा बनाउन फोहोर कपडालगायत अखाद्य वस्तुहरू प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
अवैधरूपमा उत्पादित मदिरा सेवन गर्दा गत वर्ष पूर्वी तराईका जिल्लामा दर्जनभन्दा बढी जनाले ज्यान गुमाएका थिए।