बुधबार, भदौ १०, २०८३

'पार्टीलाई बलियो बनाउन एकताबद्ध हुनु अपरिहार्य छ'

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि गर्दै ओलीले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य छ।’

अ‍ोलीले पुष्पलालको सांगठनिक राजनीतिक चाहना थियो धेरै हदसम्म पूरा गरेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘विभाजित कम्युनिस्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ। पार्टीले करिब दुई तिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेर यसअघि गर्न नसकेका र नगरिएका तमाम काम गर्न लागिएको पनि बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘पुँजी र प्रविधिलाई हाम्रा प्रयासमा मिसाऔं, उत्पादन बढाऔं, निर्यात बढाऔं, आयात घटाऔँ। यस बाटोबाट हामी समृद्धि हासिल गर्नेछौं।’

प्रधानमन्त्रीले पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

प्रकाशित: Jul 22, 2020| 12:31 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।