बुधबार, भदौ १०, २०८३

रोल्पाका पहिलो कम्युनिस्ट सदस्य बर्मन बुढाको निधन

रोल्पाका पहिलो कम्युनिस्ट सदस्य पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– रोल्पाका पहिलो कम्युनिस्ट सदस्य पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ। उनको बुधबार बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिइन्। 

आन्द्राको क्यान्सरबाट पीडित बुढा काठमाडौंमा बसेर उपचार गराइरहेका थिए।

बुढा २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिस्ट पार्टीको संस्थापक मानिन्छ। यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चका रूपमा लामो समय राजनीतिमा क्रियाशील थिए।

प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषभूषामा कछाड लगाएर उपस्थित भएर चर्चामा रहेका बुढाको ०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो।

कठिन परिस्थितिमा समेत रोल्पामा कम्युनिस्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले बुढाको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: Jul 22, 2020| 11:14 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।