बुधबार, चैत ११, २०८२

त्रिविका क्याम्पस आजदेखि खुल्ने

त्रिभुवन विश्वविद्यालयले आज मंगलबारदेखि क्याम्पस पुनः सञ्चालन हुने जनाएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

त्रिभुवन विश्वविद्यालयले आज मंगलबारदेखि क्याम्पस पुनः सञ्चालन हुने जनाएको छ।

National life

विश्वविद्यालयका सबै क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै पुनः सञ्चालन हुने त्रिविले जनाएको हो।

विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन्। नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन्।


कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित थिए।

विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइँदै आएको थियो। मंगलबारर सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 22, 2020| 09:29 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्