स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० मा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
आज (बुधबार) बिहान पहिरोले घर पुरिँदा ५२ वर्षीया माया सारुको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर मायाकी छोरी घाइते भएकी छन्।
घाइतेकाे जिल्लामै उपचार भइरहेको छ। पहिरोले पुरिएको घरमा आमाछोरी मात्रै बस्दै आएका थिए।