बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

धरानमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि एक जना जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

सुनसरी- धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि एक जना जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो  सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

महोत्तरी घर भएका ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए।

उनका अनुसार संक्रमित उपचारका लागि अस्पताल आउँदा नै सिकिस्त अवस्थामा थिए । उनलाई सुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो।

उनमा कोरोना पोजिटिभ देखिएपछि मंगलबार दिउँसो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो।

मृतक रुघाखोकी र ज्वरोले सताएपछि अस्पताल भर्ना भएका थिए । उनी सोमबार मात्रै अस्पताल भर्ना भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

यसअघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सप्तरीका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ४१ जनाको मृत्यु भएको छ । १७ हजार ९ सय ९४ जना कोरोनाबाट संक्रमित भएका छन् ।

प्रकाशित: Jul 22, 2020| 08:12 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।