बुधबार, भदौ १०, २०८३

ट्रम्पले भने- कोरोना महामारी अझै खराब हुनेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको अवस्था अझै खराब भएर जाने बताएका छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको अवस्था अझै खराब भएर जाने बताएका छन्।

दैनिक प्रेस ब्रिफिङलाई फेरि सुरु गरेका ट्रम्पले सबै अमेरिकीलाई मास्क लगाउन अनुरोध गरेका छन्।

यद्यपि, प्रेससँग कुराकानी गरिरहँदा ट्रम्प आफैंले भने मास्क लगाएका थिएनन् र, यसअघि उनले यस्ता सावधानीका उपायको खिसी गर्थे ।

गत अप्रिलमा एक पत्रकार सम्मेलनमा ट्रम्पले मानिसहरुलाई संक्रमणमुक्त बनाउन डिसइन्फेक्टेन्टको इन्जेक्सन दिन सकिने भनेपछि उनको निकै आलोचना भएको थियो र त्यसलगत्तै उनले पत्रकार सम्मेलन बन्द गरेका थिए।

महिनौपछि मंगलबार आफ्नो पहिलो पत्रकार सम्मेलनका बेला निकै सम्हालिएर बोलेका ट्रम्पले भने, ‘दुर्भाग्यले यो महामारी नियन्त्रणमा आउनुअघि अझै खराब भएर जानेछ। हामीले सबैलाई सामाजिक दूरी पालन गर्न नसक्ने भए मास्क लगाउन भनिरहेका छौं। मास्क तपाईंलाई मन परोस वा नपरोस तर, यसको प्रभाव पक्कै पनि हुन्छ।’

प्रकाशित: Jul 22, 2020| 08:06 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।