बुधबार, भदौ १०, २०८३

प्रदेश १ : स्थानीय तहको बेरुजु १० अर्ब ५८ करोड

विराटनगर– प्रदेश १ का स्थानीय तहको बेरुजु ९.२९ प्रतिशत देखिएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

विराटनगर– प्रदेश १ का स्थानीय तहको बेरुजु ९.२९ प्रतिशत देखिएको छ ।

प्रदेश १ का १४ जिल्लाका १३७ स्थानीय तहको कुल बेरुजु ९.२९ प्रतिशत पुगेको हो। स्थानीय तहको वेरुजु आर्थिक वर्ष २०७५–०७६ को भन्दा वृद्धि भएको छ । २०७५–०७६ मा प्रदेश १ का स्थानीय तहको बेरुजु ४.०२ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७४–०७५ मा प्रदेश १ का स्थानीय तहको बेरुजु ५.६४ प्रतिशत थियो । महालेखा परीक्षकको ५७ औं बार्षिक प्रतिवेदन अनुसार १ सय ३७ स्थानीय तहको लेखा परीक्षण गरिएको १ खर्व १३ करोड ९८ लाख ६४ हजार ९८ हजार मध्ये १० अर्व ५८ करोड ४२ लाख २५ हजार बेरुजु देखिएको हो ।

प्रदेश १ मा सवैभन्दा बेरुजु धनकुटाको धनकुटा नगरपालिकामा देखिएको छ । धनकुटा नगरपालिकामा १४ दशमलव ६४ प्रतिशत बेरुजु देखिएको छ । धनकुटा नगरपालिकाको १ अर्व १३ करोड २६ लाख ३४ हजारको लेखा परीक्षण गर्दा १६ करोड ५८ लाख ६८ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

धनकुटा नगरपालिका पछि संखुवासभाको पाँचखपन, मादी, सुनसरीको इनरुवा नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकामा क्रमश: १० दशमलव ९८, १० दशमलव ५३, १० दशमलव ३६, १० दशमलव ३१ प्रतिशत वेरुजू देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ९ दशमलव ४३, मोरंगको बुढीगंगा गाउँपालिकाको ९ दशमलव ७७, सुनसरीको हरिनगरको ९.८१ प्रतिशत बेरुजु रहेको छ ।

प्रदेश १ मा सवैभन्दा कम बेरुजु झापाको मेचीनगर नगरपालिको छ । मेचीनगरको वेरुजू प्रतिशत ० दशमलव ०३ प्रतिशत छ । मेचीनगर नगरपालिकाको २ अर्व ६४ करोड ३१ लाख २ हजारको लेखा परीक्षण गर्दा ८ लाख ९३ हजार वेरुजू देखिएको छ ।

प्रदेश १ का अन्य जिल्लाको तुलनामा झापाका स्थानीय तहहरुमा वेरुजू कम देखिएको छ । झापाका १५ वटा स्थानीय तहहरु मध्ये कनकाईको ० दशमलव १७ प्रतिशत, अर्जुनधाराको ० दशमलव ६०, कचनकवलको ० दशमलव ४७, बारदशीको ० दशमलव ९३ वेरुजू रहेको छ । झापामा गौरादहमा नगरपालिकाको सवैभन्दा बढी ५ दशमलव २० प्रतिशत बेरुजु रहेको छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको खण्डमा गरिएको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।

 

प्रकाशित: Jul 22, 2020| 08:02 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।