बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसम खुलेकै हो ? मौसमविद् भन्छन्- दिउँसाेबाट फेरि वर्षा

मौसम खुलेकै हो ? मौसमविद् भन्छन्- दिउँसाेबाट फेरि वर्षा

आइतबारदेखि लगातार परेको वर्षा रोकिएसँगै खुलेको मौसम आज (बुधबार) अपराह्नबाट पुनः बद्लिने भएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- आइतबारदेखि लगातार परेको वर्षा रोकिएसँगै खुलेको मौसम आज (बुधबार) अपराह्नबाट पुनः बद्लिने भएको छ ।

अपराह्नबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसमविद् विभुति पोखरेलले नेपाल समयलाई जानकारी दिइन् ।

उनका अनुसार हिजो अस्ति (मंगलबार, सोमबार, आइतबार) को जस्तो दिनैभर वर्षा हुने र धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना भने छैन । यद्यपी सतर्कता भने अपनाउनु पर्ने उनले बताइन् ।

आगामी तीन दिन धेरै स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्का वर्षा भइराखेको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । उक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

साउन ७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।

साउन ८ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

साउन ९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।

राती : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: Jul 22, 2020| 07:09 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।