बुधबार, भदौ १०, २०८३

विपद्का घाइतेको उपचार सरकारले गर्ने

मुलुकमा मनसुनजन्य विपदमा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

मुलुकमा मनसुनजन्य विपदमा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

घाइतेको उपचारमा कुनै कमी हुन नदिने तथा घाइते, अपाङ्ग, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

सरकराले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । मृतक परिवारप्रति समेत समवेदना प्रकट गरिएको छ । विपद्बाट जनधनको क्षति हुनाका साथै यातायात, सञ्चार, विद्युत् सेवा अबरुद्ध हुँदा जनजीवनसमेत प्रभावित भएको छ ।

प्रभावित क्षेत्रमा कुनै पनि रोगको सङ्क्रमण फैलिन नदिन औषधि उपकरणसहित स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि सरकारले गरेको छ । विपद् प्रभावित क्षेत्रको विद्युत्, यातायात, खानेपानी, सञ्चार सेवा तत्काल सञ्चालनका लागि आवश्यक कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ ।

यातायात आवागमन सञ्चालन गर्न रक्षा, गृह, भौतिक पूर्वाधार र यातायात मन्त्रालयको समन्वयमा आवश्यक सम्भव भएसम्मको कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ । उद्धार र राहतका कार्यमा आवश्यक सहयोग गर्न सरकारले जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

यस दुःखद परिस्थितिमा उद्धार, राहत, आवास, उपचार, खाद्यान्नको व्यवस्थाका लागि विभिन्न निकाय सँगको समन्वयमा आवश्यक प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यस्तै गृह मन्त्रालयको सहयोगमा विपद्को क्षतिको यथाशीघ्र विवरण सङ्कलन गर्ने, मूल्याङ्कन गर्ने र त्यसको आधारमा पुनःस्थापन र पुनःनिर्माणको काममा थप आवश्यक निर्णय गर्ने सरकारले जनाएको छ ।

प्रकाशित: Jul 22, 2020| 06:41 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।