बुधबार, भदौ १०, २०८३

आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तयारी

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तयारी थालेको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तयारी थालेको छ ।

निर्वाचनको मिति तय नभए पनि सरकारले सोही प्रयोजनका लागि नेपाल सरकारका एक सहसचिवलाई जिम्मेवारीसमेत दिएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने प्रयोजनका लागि नेपाल न्याय सेवा कानून समूहका सहसचिव कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न १९ जना कर्मचारी रहने गरी निर्वाचन सम्पन्न नभए सम्मका लागि दरबन्दीसमेत स्वीकृत गरिएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सरकारले प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाडौँमा स्थापना गर्ने भएको छ । यस्तै जिल्लाको हकमा सो सम्बन्धी कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई जिम्मा दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालयलाई थप जनशक्ति आवश्यक पर्ने भएमा सम्बन्धित निकायसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयले आवश्यक व्यवस्था गर्नेछ ।

यसअघि २०७३ साल वैशाख १० गते आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो । निजामती सेवा नियमावली, २०६४ अनुसार आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने उल्लेख छ ।

प्रकाशित: Jul 22, 2020| 06:39 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।