बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या डेढ करोडनजिक, २४ घण्टामा कहाँ के भयो ?

कोरोना संक्रमितको संख्या डेढ करोडनजिक, २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३७ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ६ सय २२ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३७ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ६ सय २२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजार ५ सय ८५ जना संक्रमित थपिएका छन् भने १ हजार १ सय ३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४४ हजार ८ सय ८७ जना संक्रमित थपिदा १ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । भारतमा थप ३९ हजार १ सय ६८ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ७२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा ८ हजार १ सय ७०, कोलम्बियामा ७ हजार ३३, रुसमा ५ हजार ८ सय ४२, अर्जेन्टिनामा ५ हजार ३ सय ४४, मेक्सिकोमा ५ हजार १ सय ७२, पेरुमा ४ हजार ४ सय ६ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोनाबाट विश्वभर १ करोड ४८ लाख ४५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६ लाख १३ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ । ८४ लाख २८ हजार ४ सयभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट अत्ति प्रभावित अमेरिकामा अहिलेसम्म ३८ लाख ९१ हजार ८ सयभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ४१ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म २१ लाख १८ हजार ६ सयभन्दा धेरेमा संक्रमण पुष्टि भएको छ भने ८० हजार १ सय २० जनाको मृत्यु भएको छ ।

भारतमा ११ लाख ५५ हजार ३ सयभन्दा धेरैमा संक्रमित हुँदा २८ हजार ८४ को मृत्यु भएको छ ।

नेपालमा १७ हजार ९ सय ९४ जनामा संक्रमण पुष्टि हुँदा ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 22, 2020| 06:30 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।