बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामुदायिक वनमा ब्यारेक नराख्न मन्त्रीलाई ध्यानाकर्षण

सामुदायिक वनमा ब्यारेक नराख्न मन्त्रीलाई ध्यानाकर्षण

नुवाकोट सरोकार समाजले विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

नुवाकोट सरोकार समाजले विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ ।

स्थानीयवासीको बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो क्षेत्रमा हुने भएकाले त्यहाँ सेनाको कुनै ब्यारेक वा तालिम केन्द्र राख्न नहुने समाजको भनाइ छ ।

समाजका अध्यक्ष रामशरण प्याकूरेल र महासचिव अनुजकुमार श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोबारे ध्यानाकर्षण गराएपछि रक्षामन्त्री पोखरेलले सोबारे स्थानीय निर्वाचित जनप्रतिनिधिमूलक निकाय र प्रशासन बुझेर जानकारी गराउन मन्त्रालयका सचिवमार्फत नेपाली सेनालाई निर्देश गरिने बताए । उनले सेनाले स्थानीय सम्बन्धित पक्षको परामर्श र आफ्नो रणानीतिक आवश्यकताका आधारमा ब्यारेक वा तालीम केन्द्र खोल्ने वा सार्ने भएको पनि स्पष्ट गरे ।

बट्टारस्थित बारही वनमा ऐतिहासिक महत्वको लिच्छविकालीन बाराही मन्दिर रहेको छ । सो मन्दिरमा स्थानीय नेवार समुदायले विवाह, पास्नी, गुफा संस्कारपछि पुजाआजा गरी पारिवारिक जमघट गर्दै आएकाले त्यहाँ सेनाका तालिम केन्द्र नराख्न समाजले आवाज उठाउँदै आएको छ ।

प्रकाशित: Jul 22, 2020| 05:37 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।