काठमाडौं– अपराह्न करिब ४ बजेतिर एकतर्फी खुलेको नारायणघाट–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ पन्ध्र किलो नजिक पहिरो खसेपछि मंगलबार साँझदेखि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो ठूलो भएकोले तत्काल खुल्ने अवस्था छैन।
नारायणघाट–मुग्लिङ सडकखण्ड तीनदिन अवरुद्ध छ। त्यस्तै पृथ्वी राजमार्गको पनि ठाउँठाउँमा पहिरो गएको छ।