काठमाडौं– होटल तथा रेस्टुराँ साउन १५ गतेदेखि सञ्चालन गर्न पाइने भएको छ। कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेस्टुराँले सेवा दिन सक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
मन्त्रिपरिषद्को सोमबारको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले होटल तथा रेस्टराँमा सभासम्मेलन भने गर्न नपाइने बताए।
ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।
यस्तै खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।