बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन थप नगर्ने सरकारको निर्णय, शैक्षिक गतिविधि भदौ १ बाट

लकडाउन थप नगर्ने सरकारको निर्णय, शैक्षिक गतिविधि भदौ १ बाट

सरकारले गएको चैत ११ गतेदेखि देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) अन्त्य गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

सरकारले गएको चैत ११ गतेदेखि देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) अन्त्य गर्ने निर्णय गरेको छ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।

पछिल्लो पटक सरकारले जारी लकडाउन साउन ७ गतेसम्म थप्ने निर्णय गरेको थियो। यद्यपि, लकडाउन व्यापक खुकुलो भइसकेको थियो।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका भने साउन ३२ गते आइतबारसम्म बन्द नै राख्ने निर्णय पनि गरेको छ।

स्वदेश आउनैपर्ने भएका नेपाली नागरिकका लागि निश्चित नाका तोकिने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतमा तदारुकताका साथ लाग्ने निर्णय पनि गरेको छ।

सरकारले भदौ १ गतेबाट छोटो, मध्यम र लामो दूरीका निजी तथा यात्रुवाहक सवारीसाधन चलाउन दिने निर्णय पनि गरेको छ।

त्यसैगरी विद्यार्थी भर्ना र परीक्षा सञ्चालन पनि गर्न दिने निर्णय सरकारले गरेको छ।

प्रकाशित: Jul 21, 2020| 19:22 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।