आज (मंगलबार) बिहानैदेखि परेको अविरल वर्षाका कारण वीरगन्जको जनजीवन प्रभावित भएको छ ।
वीरगन्ज महानगरपालिकाभित्रका मुख्य सडक आदर्शनगर, घडीअर्वा, श्रीपुर, मुर्लिसँगै भित्रि टोल लक्षुमण्वा, राधेमाई, नगवा लगायतका अधिकांश वडाहरुमा पानी पसेपछि जनजीवन प्रभावित वनेको हो ।
प्रत्येक वर्षझै वीरगन्जको मुख्य बजार आदर्श नगरका पसल, होटलमा समेत पानी पसेपछि व्यापारीहरुलाई सास्ती खेप्नुपरेको छ । वीरगन्जमा सञ्चालित एकीकृत विकास परियोजनाको काम सम्पन्न भए पनि डुबानको समस्या भने अझै टरेको छैन ।
ठाउँठाउँमा निर्माण गरिएको नालाको निकास नभएका कारण पानी पर्नेबित्तिकै डुबानमा पर्ने गरेको छ ।