बुधबार, भदौ १०, २०८३

निर्धारित मूल्यभन्दा बढी लिएर पाठ्यपुस्तक बिक्री

विराटनगर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रदेश १ विराटनगरले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्य भन्दा बढी रकम लिएर विद्यालयको पुस्तक बिक्री गरेको पाइएको छ ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

विराटनगर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रदेश १ विराटनगरले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्य भन्दा बढी रकम लिएर विद्यालयको पुस्तक बिक्री गरेको पाइएको छ ।

कक्षा ५ को ‘मेरो नेपाली’ पुस्तकमा निर्धारण गरिएको भन्दा ७ रूपैयाँ बढी मूल्य लिएर जनक शिक्षा सामग्री केन्द्रले बिक्रेताहरूलाई पाठ्यपुस्तक बिक्री गरेको पाइएको हो ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा पाँचको ‘मेरो नेपाली’ पुस्तकको खुद्रा मूल्य ७१ रूपैयाँ तोकेको छ । तर जनक शिक्षाले पुस्तकमा तोकिएको एमआरपी मूल भन्दा ७ रुपैयाँ बढी लिएर विक्रेतालाई ७८ रूपैयाँमा पाठ्यपुस्तक बिक्री गर्दै आएको छ ।

२०६९ मंसिर १ गते शिक्षा मन्त्रालयले गरेको निर्णय अनुसार मौज्दातमा रहेको पाठ्यपुस्तकको मूल्य पुरानै कायम हुने भनेर पाठ्यक्रम विकास केन्द्रले ०६९ मंसिर ७ गते सूचना प्रकाशित गरेको छ । तर, जनक शिक्षाले पुनर्मुद्रण २०७५ को पुस्तक बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो ।

पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी मूल्यमा पाठ्यपुस्तक अभिभावकले खरिद गर्न बाध्य भएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गगेलले बताए । बढी पैसा लिएर विद्यार्थी र अभिभावकको ढाड सेक्ने काममात्र नभएर ठगि र कालोबजारी गरेको उनले बताए ।

उनले जिल्ला प्रशासन कार्यालयमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् । विराटनगर–९ ट्राफिकचौक स्थित पपुलर पुस्तक भण्डारबाट खरिद गरिएको पुस्तकमा बढी मूल्य लिएको पाइएको हो । पपुलर पुस्तक भण्डारले ७८ रुपैयाँमा पुस्तक बिक्री गरेको थियो । पुस्तक भण्डारका सञ्चालक मातृका सिवाकोटीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँग खरिद गरेको मूल्य अनुसार आफूले पुस्तक विक्री गरेको बताए । सिवाकोटीले पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय विराटनगरलाई विपक्षी बनाएर उजुरी दिएका छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रदेश १ का प्रमुख भुपराज थापाले केन्द्रले तोके अनुसार पाठ्यक्रम बिक्री गरेको बताए । यस वर्षको नयाँ शैक्षिक शत्रदेखि मूल्य बढेकोले केन्द्रको सर्कुलर अनुसार पाठ्यपुस्तक बिक्री गरेको उनले बताए ।

जनक शिक्षा सामाग्रीले कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा मूल्य नराखी बजार पठाएको पाइएको छ । मूल्य नराखी पाठ्यपुस्तक बजारमा पठाउँदा व्यवसायीहरूले अभिभावकसँग मनपरी मूल्य लिने गरेको अभिभावक संघ प्रदेश १ का संयोजक देवी पन्थीले बताए । २०६९ मंसिर १ गते शिक्षा मन्त्रालयको गरेको निर्णय अनुसार मूल्य नलेखिएका नयाँ वा पुराना पुस्तकहरुमा अनिवार्य मूल्य राखी बिक्री गर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित: Jul 21, 2020| 18:45 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।