काठमाडौं– पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।
सडक सोमबार बिहानदेखि अवरुद्ध थियो। नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा खुलेको चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
सडक खुलाउनका लागि सोमबारदेखि नै मजदुर खटिएका थिए। सडकमा थुप्रिएको पहिरो पन्छाएपछि एकतर्फी रूपमा खुलेको छ। दुवैतर्फ खुलाउन प्रयास जारी रहेको उनले बताए।
पृथ्वी राजमार्गको केबुलकार, चुम्लिङटार र फिस्लिङ नजिकैको पहिरो फाल्ने काम जारी रहेकाले मंगलबार साँझसम्म चितवन जिल्लाभित्र पर्ने राजमार्ग खुलाउन सकिने उनले बताए।