काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको बजेट बनाउने प्रचलन कहालीलाग्दो रहेको बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र नवौं पार्षद् सदस्यहरुको शपथ ग्रहण समारोहमा शुक्रबार शर्माले भने, ‘हाम्रो बजेट बनाउने सिस्टम डरलाग्दो भेटियो, योजना बनाउने प्रचलन हेर्दा कहालीलाग्दो अवस्था पाएँ।’
उनले देशलाई कति सडक चाहिने हो? कुन सडक कति लेनको हुनुपर्ने हो? भन्ने विषयम कुनै मापदण्ड पालना नभएको बताए। उनले भने, ‘जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो।’
मन्त्री शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत तीन प्रतिशतभन्दा कम बजेट चलाएको बताए। उनले भने, ‘कसैको केही घटाइदिएको पनि छैन। राजस्वको लक्ष्य बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो। अध्यादेश बजेट खासै चलाइएको छैन।’
‘इमानदार छैन भने बाहिरबाट उठेका प्रश्नहरुको सामना गर्न सकिँदैन। मसँग त्यो आँट छ। म हरेक प्रश्नहरुको सामना गर्न तयार छु किनकि मैले इमानदारीपूर्वक देश बनाउने कुरा गरेको छु।’
उनले मुलुकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लगानीको खाँचो रहेको औंल्याए। उनले भने, ‘खर्च र लगानीका नयाँ क्षेत्र पनि छन्। त्यसअनुसारको प्रणाली पनि आवश्यक छ। हामीलाई रोजगारी सृजना गर्नुछ। यसका लागि उद्योग धन्दा खोल्नु महत्त्वपूर्ण छ।’ आफूले यसबारेमा केही नयाँ निर्णय गर्दा कतिपयले विरोध गरेको गुनासो उनको छ। उनले भने, ‘मैले निर्णय गर्दा कसलाई घाटा भयो कसलाई नाफा भयो भनेर हिसाब किताब गरेको होइन। मैले त देशलाई फाइदा हुने निर्णय गरेको हुँ।’
उनले अरूले हाम्रो देश बनाउन दिएनन् भन्ने कुरा गलत रहेको बताए। मन्त्री शर्माले भने, ‘हामी आफैंले नबनाएको रहेछ। म त्यो प्रचलन तोड्नेछु। स्वदेशमै उद्योगधन्दा खुल्ने वातावरण बनाउँछु।’ उनले आफू इमानदारपूर्वक देश बनाउने अभियानमा जुटेको बताए। उनले भने, ‘इमानदार छैन भने बाहिरबाट उठेका प्रश्नहरुको सामना गर्न सकिँदैन। मसँग त्यो आँट छ। म हरेक प्रश्नहरुको सामना गर्न तयार छु किनकि मैले इमानदारीपूर्वक देश बनाउने कुरा गरेको छु।’
अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन खोज्दा अप्ठ्यारो नीति बनाउने परिपाटी रहेको भन्दै अब आफूले त्यसलाई तोड्ने पनि उनले बताए। ‘औपचारिक बाटोमा आउनका लागि त प्रक्रिया सरकारले बनाइदिनुपर्यो नि। ढोका खोलिदिनुपर्यो नि त। तर बन्द यहाँ त ढोका बन्द गर्ने परिपाटी रहेछ।’ नीति, नियम, कानुन सरल बनाइदिएमा धेरै कुरा अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे। मन्त्री शर्माले भने, ‘चाँडै नै देशको विकास हुने मैले देखेको छु। त्यो आँट म गर्दैछु।’
यो देशको समग्र वार्षिक ट्रान्जेक्सन कति हो त? औपचारिक ट्रान्जेक्सनको तथ्यांक त आउला तर अनौपचारिक क्षेत्रको कति हो? पूरा हिसाब के छ नेपालको? यो पत्ता लगाउने विचार छ।’
मन्त्री शर्माले आफू देशको समग्र सम्पत्तिको मूल्याङ्कन गर्ने अभियानबाट पछि नहटेको बताए। उनले भने, ‘समग्र मूल्यांकन गरियो भने के नतिजा आउँछ त? यो देशको समग्र वार्षिक ट्रान्जेक्सन कति हो त? औपचारिक ट्रान्जेक्सनको तथ्यांक त आउला तर अनौपचारिक क्षेत्रको कति हो? पूरा हिसाब के छ नेपालको? यो पत्ता लगाउने विचार छ।’ उनले यसका लागि सहयोग गर्न चार्टर्ड एकाउन्टेनहरुलाई आग्रह गरे। उनले भने, ‘मैले यो कुरा गर्दा कतिपय झस्किएछन कि अब यसले व्यक्तिगत सम्पत्ति खोजबिन गर्ने कुरा गर्यो भनेर। तर मैले त्यसो भन्न खोजेको हैन । मैले त समग्र देशको सम्पत्ति मूल्याङ्कन गर्न चाहेको हुँ।’
मन्त्री शर्माले उपभोक्ता समितिको निरन्तरता नभएकाले आफूले श्रम सहकारीको अवधारणा ल्याएको बताए। उनले प्रश्न गरे, ‘उपभोक्ता समितिको निरन्तरता कहाँ छ त? एउटा कामको लागि बन्यो, काम सकिएपछि भंग भयो। यस्तो हुन्छ उपभोक्ता समिति? संस्थागत स्मरण केही हुँदैनन्। त्यसैले मैले यसलाई बदल्न खोजेको हुँ।’