बुधबार, भदौ १०, २०८३

रामेछापमा सुनकोसीको तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकासी, तामाकोसी र सुनकोसीमा पानीको उच्च बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयर रामेछापले सचेत गराएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– भोटेकासी, तामाकोसी र सुनकोसीमा पानीको उच्च बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले सचेत गराएको छ।

चीनको केरुङ च्छो पोखरी फुटेमा भोटेकोसीमा पानीको बहाव बढ्न गई बस्ती जोखिममा पर्ने सक्ने भन्दै जिल्ला प्रशासनले सजग गराएको हो।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै नवुघाट, बिर्ताघाट, चुकियाघाट, हर्दिनीघाट, कोरमाना क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै नवलपुरघाट, तल्लो खैरेनीघाट, लुबुघाट, सित्खा, डप्खा, पुच्छीघाट राकाथुमको बेलघारी क्षेत्र पनि जोखिममा पर्न सक्ने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले सुनापति गाउँपालिकाका दोभानटार, सिन्धुरेटार, चण्डीटार आसपास क्षेत्रका बस्ती पनि उच्च जोखिममा रहेकाले उच्च सर्तकता अपनाउन, सम्भावित जोखिमबाट बच्च पूर्वतयारी गर्न, नजिकको सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ। 

प्रकाशित: Jul 21, 2020| 17:39 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।