अविरल वर्षापछि आएको बाढीपहिरोले पृथ्वी राजमार्गको अधिकांश भागमा क्षति पुगेको छ। धादिङ र चितवनको सीमा क्षेत्र बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवा खोलामा सडक बगेपछि राजधानी काठमाडौंसँगको सम्बन्ध टुटेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मौवाखोलामा करिब १५ मिटर सडक बगेको बताए। बाढीले बगाएको सडक मर्मतका लागि ग्याबियन भर्ने र एकतर्फी रूपमा सवारी साधन चल्न सक्ने गरी सडक मर्मतको तयारी गरिए पनि तत्काल सडक सुचार हुने सम्भावना नरहेको तामाङले बताए।
पृथ्वी राजमार्गको धादिङतर्फ १५ वटा बढी पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए। मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेको छ।
जवाङ खोलामा ढुंगाखानीको टिपर, एक्साभेटरसमेत बाढीले बगाएको छ। थुप्रै घरहरु बगेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गकै तनहुँ खण्डको आँबुखैरेनी ऐनापहरा, विमलनगर, डुम्रे, नाहाला लगायतमा सडक अवरूद्ध छ।
.jpg)
.jpg)
.jpg)
तस्बिर सौजन्य : दानबहादुर गुरूङ